वन मन्त्रालय विकासविरोधी होइन : वनमन्त्री ठकुरी « Khabarhub

वन मन्त्रालय विकासविरोधी होइन : वनमन्त्री ठकुरी


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन्‌ ।

शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभामा बोल्दै विभागीय मन्त्री शाहीले मन्त्रालयलाई विकास विरोधीको रूपमा मात्रै हेरिएको गुनासो गर्दै विकासको साझेदारकै रूपमा वन मन्त्रालय अघि बढेको बताएका हुन्‌ ।

मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्रहरुमा मानव र वन्यजन्तुबीचको द्वन्द्व पछिल्लो समयमा बढ्दै गएको बताउँदै द्वन्द्व न्यूनीकरणका लागि वन मन्त्रलयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । उनले यस समस्या समाधान निम्ति अध्ययन गर्न विशेष समिति नै बनाएको बताए ।

कार्यक्रममा टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिसेन चौधरीले टिकौली वन भएर बग्ने खगेरी खोला सौराहाको पर्यटनको लाइफ लाइन हुनसक्ने भएकाले यसको विकासका लागि ध्यान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ५० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम