वन मन्त्रालय विकासविरोधी होइन : वनमन्त्री ठकुरी « Khabarhub

वन मन्त्रालय विकासविरोधी होइन : वनमन्त्री ठकुरी


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन्‌ ।

शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभामा बोल्दै विभागीय मन्त्री शाहीले मन्त्रालयलाई विकास विरोधीको रूपमा मात्रै हेरिएको गुनासो गर्दै विकासको साझेदारकै रूपमा वन मन्त्रालय अघि बढेको बताएका हुन्‌ ।

मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्रहरुमा मानव र वन्यजन्तुबीचको द्वन्द्व पछिल्लो समयमा बढ्दै गएको बताउँदै द्वन्द्व न्यूनीकरणका लागि वन मन्त्रलयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । उनले यस समस्या समाधान निम्ति अध्ययन गर्न विशेष समिति नै बनाएको बताए ।

कार्यक्रममा टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिसेन चौधरीले टिकौली वन भएर बग्ने खगेरी खोला सौराहाको पर्यटनको लाइफ लाइन हुनसक्ने भएकाले यसको विकासका लागि ध्यान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ५० बजे

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्ध रिटको पेसी न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्ध दायर रिटको पेसी न्यायाधीशद्वय

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका