मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४प८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ४७ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि