थुनछेक बहस नसकिएपछि रविलाई फेरि परिवारको जिम्मा लगाइयो « Khabarhub

थुनछेक बहस नसकिएपछि रविलाई फेरि परिवारको जिम्मा लगाइयो


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– सुप्रिम सहकारी संस्थाको बचत रहम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस जारी छ ।

तीन दिनदेखि जारी सुनुवाइका क्रममा शुक्रबार पनि थुनछेक बहस नसकिएपछि जिल्ला अदालतले रविलाई परिवारको जिम्मा लगाएर पठाएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा तीन दिनदेखि जारी थुनछेक बहसमा शुक्रबार जाहेरवाला अर्थात् पीडित पक्षका वकिल र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरे ।

रविको तर्फबाट शुक्रबार सुरूमा वरिष्ठ अधिवक्ता सुशील पन्तले गरे । सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइँ र सुनीता राउतसहितले बहस गरे ।

दुवै पक्षको बहस नसकिएपछि अब आइतबार थप बहस हुनेछ । भोलि शनिबार परेकाले आइतबार बाँकी बहस सकेर अदालतले पुर्पक्षसम्बन्धी आदेश दिने सम्भावना छ ।

बुधबार र बिहीबार पनि बहस नकिएपछि रविलाई परिवारको जिम्मा लगाइएको थियो । अब रवि पक्षका वकिलहरूले बहसपछि जवाफी बहस थालिनेछ । आइबार सरकारी वकिल र जाहेरवालाका वकिलले बहस गरिसकेपछि न्यायाधीश योगीले पुर्पक्षसम्बन्धी आदेश दिनेछन् ।

उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको दाबि सरकारको छ । यसमा रवि र उनका साझेदारहरूसहित २८ जनाविरुद्ध मुद्दा चलेको छ ।

रवि यसअघि पुस २५ मा कास्कीमा ६५ लाख र माघ २ गते काठमाडौंमा ६० लाख धरौटीमा रिहा भएका छन् ।

अब रविलाई चितवन र पर्सा लैजान बाँकी छ । त्यहाँ पनि मुद्दा चलाउने तयारी सरकारको छ । पक्राउ पुर्जी जारी भएपछि रविलाई चितवन र पर्सा लगेर बयान लिने काम भइसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ०० बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल