बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन « Khabarhub

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन्‌ ।

सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो ।

यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ । आउँदो माघ १९ गते कार्यकाल पूरा गर्न लागेका सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दा लागेपछि सिलवाल स्वतः निलम्बित भएका थिए । लगत्तै अर्थ मन्त्रालयले पुस ११ गते अध्यक्ष छनोट सिफारिस समिति गठन गरेको थियो ।

अर्थ मन्त्रालयले हाल प्राधिकरण अध्यक्षको जिम्मेवारीमा सहसचिव मदन दाहाललाई खटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : १९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद