बागमती गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दै « Khabarhub

बागमती गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दै


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेस्थित शहीद स्मृति फुटबल रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्र क्लब फाइनलमा पुगेको हो ।

मछिन्द्र क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लबले उपाधि जितेको थियो ।

मछिन्द्र दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका रहँदा चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ४९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच