मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग   | Khabarhub Khabarhub

मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग  


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्तकमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । 

‘महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ । अधिग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन् ।’ 

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर गृह मन्त्रालयबाट पुनर्मुल्याङ्कन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए ।  

‘जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ उनले भने । 

पूर्वपरराष्ट्रमन्त्री साउदले महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका–१ र ४ का किसानसमेत मर्कामा परेका भन्दै उनीहरूलाई दिइने भनिएको मुआब्जाको पुनर्विचार गरी रकम वृद्धि गर्नुपर्ने पनि बताए । 

‘महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरू पनि मार्का परेका छन् । त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत सरकारसँग अनुरोध गर्छु,’ साउदले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ३८ बजे

राष्ट्रियसभामा सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं– सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

कालीमाटी तरकारी बजारको ब्रो काउलीमा विषादी भेटियो 

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको ब्रो काउलीमा विषादी

प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासङ्घको घोषणापत्र हस्तान्तरण

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित

त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ ।  स्वतन्त्र उम्मेदवारी दिएका

बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल

काठमाडौं– बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ ।