हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्ति « Khabarhub

हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्ति


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने तयारी गरेको छ ।

पछिल्लो समय आफूले भनेको नटेरेको भन्दै जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का आक्रोशित भइरहेका बेला सरकारले उनलाई हटाउने तयारी गरेको हो ।

सम्भवत: सोमबार नै साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट उनलाई हटाउने तयारी छ । कुलमानलाई हटाउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति बनिसकेको बताइएको छ ।

कुलमानलाई हटाउन यसअघि नै ऊर्जामन्त्री दीपक खड्काले पटक पटक प्रयास गरिसकेका छन् । घिसिङलाई पटक पटक स्पष्टीकरणसमेत सोधिएको छ । घिसिङलाई असहयोग गरिरहेका ऊर्जामन्त्री खड्काले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमै आफ्नो कार्यकक्ष बनाइसकेका छन् ।

यस्तोमा ऊर्जा मन्त्री खड्काले आफ्नो विरोध गर्ने कर्मचारीलाई आइतबार जिम्मेवारीबाट हटाउन घिसिङलाई लिखित निर्देशन नै दिएका थिए । त्यस पहिले पनि आफ्नो विरोध गर्ने ती कर्मचारीलाई नहटाएको भन्दै घिसिङसँग खड्का रुष्ट थिए ।

सामाजिक सञ्जालबाट मन्त्री खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई जिम्मेबारीबाट हटाउन मन्त्रालयले आइतबार निर्देशन दिएको थियो । तर घिसिङले गुरुङलाई पदबाट हटाएका छैनन् ।

यसबीचमा खड्काले अब कुलमानलाई नै हटाउने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबारे सार्वजनिक रुपमै असन्तुष्टि जनाउने गरेका छन् । घिसिङलाई हटाउन प्रधानमन्त्री ओलीले यसअघि पनि पटक पटक कोसिस गरेका थिए । खासगरी डेडिकेटेड फिडर लाइनको वक्यौता प्रकरणमा ओली र घिसिङबीच विवाद थियो । ‌ओली व्यापारीलाई राहत दिने पक्षमा उभिँदा घिसिङले वक्यौता उठाउनै पर्ने अडान लिइरहेका थिए ।

संसद्‍मा प्रश्न

घिसिङलाई हटाउने विषयमा कांग्रेस र एमाले एकठाउँ उभिएको जानकारी नेकपा माओवादी केन्द्रसमक्ष पुगेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले यो विषय सोमबारको संसद् बैठकमा उठाएको छ ।

कुलमानलाई हटाउने सरकारको तयारीबारे जानकारी पाएपछि माओ‌वादी सचिव एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले सोमबारको संसद् बैठकमै आपत्ति प्रकट गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पौडेलले ‘उज्यालो नेपाल’ बनाउन मुख्य भूमिका खेल्ने कुलमानलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लोडसेडिङ हटाउँदै उज्यालो नेपाल बनाएर घाटामा गएको प्राधिकरणलाई नाफामा लग्ने कुलमानले के गल्ती गरे भन्दै सरकारसँग प्रश्न गरे ।

पौडेलले कुलमानलाई हटाउनको साटो सम्मान गर्न पनि सरकारलाई सुझाव दिएका छन् । उनले विद्युत्‍को बक्यौता नतिर्नेको लाइन काटिनुपर्नेमा पनि जोड दिएका छन् ।

पौडेलले ऊर्जामन्त्री खड्काको विरोध गर्नेलाई छानी छानी हटाउने काम भइरहेको भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ४ : ०३ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर