पूर्वराजालाई वर्षमानको चेतावनी- तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउनुस्  | Khabarhub Khabarhub

पूर्वराजालाई वर्षमानको चेतावनी- तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउनुस् 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । 

झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए ।

जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरु, प्रतिगामीहरू सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिँडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’ 

उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए ।

१०औँ हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरू अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे । रेक्सन गर्नुस् । ‘हामीले क्रान्ति सजिलै गरेका होइनौं ।  कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औँ कजारको बलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौँ’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरूले पछुताउनुपर्नेछ ।’ 

पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बलिदानीका  लागि पनि आफूहरू तयार रहेको बताए । 

पूर्व राजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरेका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मूलधारका राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।

पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए ।

जनताको भावना विपरीत अघि बढे उनीहरूलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए । पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने ऋलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे । 

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरूले भ्रम छर्ने प्रयास गरेको बताए । 

पञ्चायतको ३० वर्षमा ७ हजार किमी र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किमी सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किमी सडक बनेको तथ्यांक प्रस्तुत गरे । सामान्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेसीहरु गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो । 

‘संसदीय व्यवस्थामा ७ जना भन्दा बढी महिला संसदमा थिएनन् । अहिले संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० महिला प्रतिनिधित्व सम्भव भएको छ । दलितहरुमाथिको छुवाछुत कानूनतः दण्डित भएको छ’, पुनले भने, ‘हाम्रो क्रान्तिले जनतालाई मालिक बनाएको छ । राज्य सत्तामा आफ्नो अधिकार लिने हकदार बनाएका छौँ ।’ 

अर्को एक फरक प्रसङ्गमा पुनले मुकुम्लुङ (पाथीभरा) का आदिवासी समुदायको आवाज नसुनेर सरकारले गोली चलाइरहेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ४ : ५२ बजे

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै