स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो मन्त्री पौडेल « Khabarhub

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो मन्त्री पौडेल


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए ।

केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिँदैन भन्ने क्लिपहरू मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ । 

मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भइरहेको बताएको सचिवालयले उल्लेख गरेको छ । 

गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ, सचिवालयले प्रेस नोटमा भनेको छ, सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो । 

मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरी सक्यौ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रस्ट पारेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ४३ बजे

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ