दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार अन्सारीलाई  « Khabarhub

दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार अन्सारीलाई 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ सालको दण्डपाणि ‘नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ मानव अधिकारवादी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । 

५० हजार राशिको उक्त पुरस्कार राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिलाई दिँदै आएको छ । 

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

वि.स. २०६२ सालमा स्थापित स्मृति केन्द्रले पुरस्कार दिँदै आएको छ । यही फागुन १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा पुस्तक विमोचन तथा संस्थाको साधारण सभाको भव्य कार्यक्रमको बीचमा उक्त पुरस्कार मोहना अन्सारीलाई अर्पण गरिने भएको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । 

गोरखामा वि.स. १९६३ मा जन्मिएका विद्वान् शिक्षा सेवी, इतिहास विज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उनकी धर्मपत्नी हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ५६ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा