क्याम्पस प्रमुखकै सामु कर्मचारीबीच हात हालाहाल, ४ जना घाइते « Khabarhub

क्याम्पस प्रमुखकै सामु कर्मचारीबीच हात हालाहाल, ४ जना घाइते


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी (राराब) क्याम्पसमा परीक्षाको जिम्मेवारीको विषयमा कर्मचारीहरूबीच कुटाकुट भएको छ।

परीक्षाको विषयलाई लिएर सुरु भएको विवादमा क्याम्पस प्रमुख वसन्त कर्णकै अगाडी महेश यादव र सुरेन्द्र यादवले एक अर्कामाथि मुक्का प्रहार गरेका थिए । दुबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए ।

सो विवादले उग्र रुप लिँदा विद्यालयकै कर्मचारी सुरेन्द्रप्रसाद यादव, गोविन्द साह, रामपुकार महतो र विकेश अधिकारी घाइते छन् । घाइते भएका कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । उपचारपछि उनीहरूलाई घर फर्काइएको छ । 

महेश प्रजातान्त्रिक समूहका कर्मचारी रहेका छन् भने सुरेन्द्र माओवादी समर्थित । प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार एमबीएसको परीक्षाको जिम्मेवारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सहित परीक्षा सम्बन्धमा जानकारीका लागि क्याम्पस प्रमुख कर्णसँग भेट्न गएका थिए । तर, क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरूलाई दिने मनसाय बनाएपछि विवाद सुरु भएको एक जना कर्मचारीले बताए ।

एक कर्मचारीले भने ‘महेश यादव परीक्षाको नेतृत्व गर्न चाहन्थे त्यसै क्रममा विवाद भएको छ । पहिला जुन शाखा अन्तर्गत परीक्षा हुन्थ्यो त्यसैका कर्मचारीहरू परीक्षाको जिम्मेवारी लिन्थे तर क्याम्पस प्रमुख कर्ण आएदेखि आफ्ना निकटका कर्मचारीलाई परीक्षाको जिम्मेवारी दिन थालेका छन् । सो विषयलाई लिएर केही कर्मचारीमा मनमुटाब पनि भएको छ । शिक्षा तर्फ शाखा प्रमुख पवन यादव रहेका छन् तर क्याम्पस प्रमुखले महेशलाई परीक्षाको जिम्मेवारी दिएका थिए ।’

कर्मचारी बिच कुटाकुट भइरहेको बेला क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर घर भागेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १० बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित