क्याम्पस प्रमुखकै सामु कर्मचारीबीच हात हालाहाल, ४ जना घाइते « Khabarhub

क्याम्पस प्रमुखकै सामु कर्मचारीबीच हात हालाहाल, ४ जना घाइते


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी (राराब) क्याम्पसमा परीक्षाको जिम्मेवारीको विषयमा कर्मचारीहरूबीच कुटाकुट भएको छ।

परीक्षाको विषयलाई लिएर सुरु भएको विवादमा क्याम्पस प्रमुख वसन्त कर्णकै अगाडी महेश यादव र सुरेन्द्र यादवले एक अर्कामाथि मुक्का प्रहार गरेका थिए । दुबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए ।

सो विवादले उग्र रुप लिँदा विद्यालयकै कर्मचारी सुरेन्द्रप्रसाद यादव, गोविन्द साह, रामपुकार महतो र विकेश अधिकारी घाइते छन् । घाइते भएका कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । उपचारपछि उनीहरूलाई घर फर्काइएको छ । 

महेश प्रजातान्त्रिक समूहका कर्मचारी रहेका छन् भने सुरेन्द्र माओवादी समर्थित । प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार एमबीएसको परीक्षाको जिम्मेवारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सहित परीक्षा सम्बन्धमा जानकारीका लागि क्याम्पस प्रमुख कर्णसँग भेट्न गएका थिए । तर, क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरूलाई दिने मनसाय बनाएपछि विवाद सुरु भएको एक जना कर्मचारीले बताए ।

एक कर्मचारीले भने ‘महेश यादव परीक्षाको नेतृत्व गर्न चाहन्थे त्यसै क्रममा विवाद भएको छ । पहिला जुन शाखा अन्तर्गत परीक्षा हुन्थ्यो त्यसैका कर्मचारीहरू परीक्षाको जिम्मेवारी लिन्थे तर क्याम्पस प्रमुख कर्ण आएदेखि आफ्ना निकटका कर्मचारीलाई परीक्षाको जिम्मेवारी दिन थालेका छन् । सो विषयलाई लिएर केही कर्मचारीमा मनमुटाब पनि भएको छ । शिक्षा तर्फ शाखा प्रमुख पवन यादव रहेका छन् तर क्याम्पस प्रमुखले महेशलाई परीक्षाको जिम्मेवारी दिएका थिए ।’

कर्मचारी बिच कुटाकुट भइरहेको बेला क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर घर भागेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १० बजे

एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई

नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ

श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

काठमाडौं– वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम,

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

भजनी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात,

‘एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१