बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप आज साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।

जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिए । घाइतेमध्ये एक जनाको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताए । दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए । जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ०३ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो