मुम्बईविरुद्ध चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतक « Khabarhub

मुम्बईविरुद्ध चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको चेन्नईले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

चेन्नईको जितमा ओपनर रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले अर्धशतक प्रहार गरे। नटआउट ४५ बलको सामना गरेको रविन्द्रले चार छक्का र दुई चौकाको मद्दतमा ६५ रन बनाए भने कप्तान गायकवाडले २६ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे। उसका लागि रविन्द्र जडेडाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राहुल त्रिपाठी २, शिवमन दुवे ९, दीपक होडा ३, श्याम कुरान ४ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २ बलको समना गरे ।

मुम्बईका लागि विघ्नेश पुथुरले तीन विकेट हात पार्दा दीपक चाहर र विल ज्याक्सले एकएक विकेट लिए।

चेन्नाईको घरेलु मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। २५ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै कप्तान सूर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए।

मुम्बईलाई सस्तैमा समेट्न चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट हात पारेका थिए। चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिए। उनी खेलको म्यान अफ द म्याच बनेका छन्। उसका लागि अलिल अहमदले तीन विकेट लिए।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३३ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा