अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने « Khabarhub

अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ।

वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो।

सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ। केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो।

गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : १२ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित