लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं « Khabarhub

लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

शुक्रबार सुरु भएर शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले  खसेको ४ सय ७० मतमा ३ सय ५१ मत प्राप्त गरेका हुन्।

अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन्। यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३ सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३ सय ३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३ सय ४९ मत प्राप्त गर्दा पासवानले ३ सय ५५ मत पाएर निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापाको टिममा रहेर काम गरेका व्यक्ति हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १२ : २१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको