राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?  « Khabarhub

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ? 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक जारी छ । पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले जनाएको छ । 

बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि उपस्थित छन् ।  

आजको पदाधिकारीको बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ । यस्तै, राप्रपाले आजको बैठकमा आगामी आन्दोलनको समेत तयारी गर्ने अध्यक्ष लिङ्देनको सचिवालयले खबरहबलाई बताएको छ । 

फागुन २५ गतेदेखि राप्रपा पनि राजा फर्काउने आन्दोलनमा सक्रिय छ । तर राप्रपामा पनि सदन छोडेर आन्दोलन गर्ने समूह र सदनसँगै आन्दोलन गर्ने भन्ने दुई समूह हुँदा विवाद छ । 

राप्रपाबाट प्रतिनिधि सभामा १४ सांसद छन् । भने प्रदेश खारेजको पक्षमा रहेको यस पार्टीबाट विभिन्न प्रदेशमा समेत सांसदहरु छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्