राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?  « Khabarhub

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ? 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक जारी छ । पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले जनाएको छ । 

बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि उपस्थित छन् ।  

आजको पदाधिकारीको बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ । यस्तै, राप्रपाले आजको बैठकमा आगामी आन्दोलनको समेत तयारी गर्ने अध्यक्ष लिङ्देनको सचिवालयले खबरहबलाई बताएको छ । 

फागुन २५ गतेदेखि राप्रपा पनि राजा फर्काउने आन्दोलनमा सक्रिय छ । तर राप्रपामा पनि सदन छोडेर आन्दोलन गर्ने समूह र सदनसँगै आन्दोलन गर्ने भन्ने दुई समूह हुँदा विवाद छ । 

राप्रपाबाट प्रतिनिधि सभामा १४ सांसद छन् । भने प्रदेश खारेजको पक्षमा रहेको यस पार्टीबाट विभिन्न प्रदेशमा समेत सांसदहरु छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको