फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर « Khabarhub

फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशन रहने फिल्म ‘महाभोज’को गीतमा निर्देशक निश्चल बस्नेतले स्वर दिएका छन् । उनले ‘लालु मै’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन् ।

निश्चलले स्वर दिएको गीतमा हर्क साउदको शब्द र केतन क्षेत्रीको संगीत रहने बताइएको छ ।

निर्देशक राउतका अनुसार यस गीतमा फरक स्वर भएको व्यक्तिको खोज्दा निश्चल बस्नेत उपयुक्त लागेर चयन गरिएको हो ।

राउतले निश्चलसँगको ‘काले दाइ’ गीतमा भएको सहकार्य स्मरण गर्दै भने, ‘८ वर्षअघि फिल्म पर्वको गीत निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ ।’

राउतको निर्देशन रहेको फिल्म ‘पर्व’को गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए । यो गीत हिट बनेको थियो ।

‘महाभोज’ राउतको निर्देशन रहने आठौं फिल्म हो । यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत केन्द्रीय भूमिकामा छन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति जेठ १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ५५ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको