फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर « Khabarhub

फिल्म ‘महाभोज’को गीतमा निश्चल बस्नेतको स्वर


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशन रहने फिल्म ‘महाभोज’को गीतमा निर्देशक निश्चल बस्नेतले स्वर दिएका छन् । उनले ‘लालु मै’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन् ।

निश्चलले स्वर दिएको गीतमा हर्क साउदको शब्द र केतन क्षेत्रीको संगीत रहने बताइएको छ ।

निर्देशक राउतका अनुसार यस गीतमा फरक स्वर भएको व्यक्तिको खोज्दा निश्चल बस्नेत उपयुक्त लागेर चयन गरिएको हो ।

राउतले निश्चलसँगको ‘काले दाइ’ गीतमा भएको सहकार्य स्मरण गर्दै भने, ‘८ वर्षअघि फिल्म पर्वको गीत निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ ।’

राउतको निर्देशन रहेको फिल्म ‘पर्व’को गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए । यो गीत हिट बनेको थियो ।

‘महाभोज’ राउतको निर्देशन रहने आठौं फिल्म हो । यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत केन्द्रीय भूमिकामा छन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति जेठ १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा