पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक « Khabarhub

पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । जनमत पार्टी केन्द्रीय सचिवालय समिति बैठकको निर्णयनुसार राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको प्रवक्ता शरदसिंह यादवले बताए । 

यादवका अनुसार बैठक १५ गते शुक्रबार बिहान ९ बजे देखि मध्य बानेश्वरमा बस्ने छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको एकताका विषयमा छलफल हुने बताइको छ । 

अहिले यी दुई पार्टीबीच एकताका लागि विभिन्न प्रक्रियाहरूमा छलफल भइरहेको छ । जसमा प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने सम्भावना छ । 

पार्टी अध्यक्षमा डा. राउत रहने सहमति छ । यस्तै संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने र सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।  चुनाव चिह्न नाउपाको ढकियालाई राखिने छलफल चलिरहेको छ । 

प्रवक्ता यादवका अनुसार अहिले दुवै पार्टीका ६ सदस्य कार्यदल सदस्यले विधानमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ०९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको