बीमा प्राधिकरणद्वारा बीमाङ्कीय विज्ञता सम्बन्धी अन्तरक्रिया सम्पन्न « Khabarhub

बीमा प्राधिकरणद्वारा बीमाङ्कीय विज्ञता सम्बन्धी अन्तरक्रिया सम्पन्न


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ 

नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका समिका विशेषगरी बीमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताए । अध्यक्ष ओझाले बीमाङ्कीहरूको विज्ञता उजागर गर्न, बीमा व्यवसायलाई थप गति दिन र बिमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष ओझाले कार्यक्रममा आउने नयाँ दृष्टिकोण र विचारहरू बीमाङ्कीय पेशालाई नयाँ उचाइ दिन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारीरूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बीमाङ्कीहरूको भूमिका समिका महत्वपूर्ण रहेको बताए ।

कार्यकारी निर्देशक सुवेदीले नेपालमा बीमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय संरपरीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।

आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नियाकका रूपमा नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सह्रासहनीय रहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गरिन् ।

ग्लोवल एक्च्युसरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरू उत्साहित रहेको बताउँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघनरूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र जीएआईएनसँगको आवद्धताबाट प्राप्त उपलब्धीहरूका बारेमा प्रस्तुती गरेकी थिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय