बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ « Khabarhub

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए। पन्ध्र दिन अगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन्।

‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो। पक्राउ परेका दुवैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ७ : ३० बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त