आज २०८२ साल वैशाख ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख ११ गते बिहीबारको राशिफल


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २४ तारिख। लोकतन्त्र दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आज तपाईंका लागि दिन धेरै नै राम्रो छ। आज निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आज शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत हुनुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। तपाईंको कार्यशैलीप्रति धेरैले असन्तुष्टि जनाउने छन्। जुनसुकै काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ।

सिंह : दिन सामान्य छ। बुद्धिको प्रयोग गरेर दैनिक कामलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। वैदेशिक क्षेत्रको भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। आफन्त खुट्टा तान्न सक्रिय छन्। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। प्रेम सम्बन्ध भने सहजै अगाडि बढ्नेछ।

तुला : दिन राम्रो छ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ। लगानीको अवसर प्राप्त हुनेछ।

वृश्चिक : दैनिकी सामान्य छ। आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। नयाँ नयाँ सम्भावनाको ढोका खुल्नेछ। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

मकर : धनलक्ष्मी योग परेको छ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। कुरा काट्नेहरु सक्रिय भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ०० बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज