श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय « Khabarhub

श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।  

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् ।

माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो ।

उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह सेवा दिने निर्णयमा स्वास्थ्य मन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उनको भनाइ छ ।

चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए वैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट