आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्रीबीच वार्ता जारी  « Khabarhub

आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्रीबीच वार्ता जारी 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमााडौं– आन्दोलनरत आवासीय चिकित्सकहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग वार्ता सुरु गरेका छन् । 

स्वास्थ्य मन्त्रालयमा जारी वार्तामा स्वास्थ्यमन्त्री पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत सहभागी छन् ।

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू विगत २९ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले आज बिहान माइतीघर मण्डलामा पनि प्रदर्शन गरेका थिए ।

२४ घण्टाभित्र आफ्नो माग पुरा नभए शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । 

निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । 

यता निजी मेडिकल कलेजका सञ्चालकहरूले भने सरकारी सरह निर्वाह भत्ता दिन नसकिने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका