महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान « Khabarhub

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसमा आगामी महाधिवेशनका लागि ध्रुवीकरण बढिरहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विभिन्न समूहमा देखिँदै आएका नेताहरू बोलाएर चियापान गरेका छन् । 

लोकतन्त्र दिवसको अवसर पारेर उनले बिहीबार महाराजगञ्जस्थित निवासमा पार्टीको संस्थापन र संस्थापन इतर समूहका नेताहरूलाई बोलाएर चियापान गरेका हुन् ।   

पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत महाराजगञ्ज पुगेका थिए ।

 चियापान समारोहमा ऊर्जामन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, पुष्पा भुसाल, दीपक गिरी, शिव हुमागाईं, किरण यादव, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, नैनसिंह महर, गुरू बराल, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि सहभागी थिए । 

चियापानका लागि बोलाइएकाले शशांक निवास महाराजगञ्ज पुगेका अधिकांश नेताहरूले बताएका छन् । चियापानमा नेताहरूको बाक्लो उपस्थिति रहेकाले राजनीतिक विषयमा कुराकानी नभएको एक नेताले जानकारी दिए । 

‘चियापानका लागि भनेर बोलाइएको थियो । म पुगेको हुँ,’ एक केन्द्रीय सदस्यले खबरबहसँग भने, ‘केही दिनअघि ११ भाइ भनेर चर्चामा आउनुभएका नेताहरूसँगै अरु-अरु पनि आउनुभएको थियो । खासै त्यस्तो कुरो केही भएन ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ४३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा