कैदीबन्दीलाई सिलाइकटाइ तालिम | Khabarhub Khabarhub

कैदीबन्दीलाई सिलाइकटाइ तालिम


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास,  आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनीले बताए।

कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले  जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्‌घाटन गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ३ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन