शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो « Khabarhub

शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर स्वदेश नै फर्कन आह्वान गरे । भ

‘तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनु पर्दछ’, उनले भनेका छन् ।

देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए । त्यो अभिभारा नेकपा एमालेले पूरा गर्न सक्ने उनको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’, उनले भने ।

उनले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने उनले जानकारी दिए । वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको उनले बताए ।

नेकपा एमाले देश र विकासको पक्षमा उभिएको कारण आक्रमण भएको उनले बताए । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेका उनले दाबी गरे ।

एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उनले आपत्ति जनाए । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उनले आग्रह गरे ।

देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेका बताउँदै उनले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताए । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उनले भने ।

आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उनले बताए । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उनले बताए ।

पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताए । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उनले प्रष्ट पारे। कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

उनले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रले जनतासामु घुँडा टेकेको दिन भएको उनले बताए । त्यसैले यो दिनको विशेष महत्त्व भएको उनले प्रष्ट पारे ।

युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उनले बताए । राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ०७ बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै