पाकिस्तान र इरानबाट एकै दिन छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तान र इरानबाट एकै दिन छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काबुल– छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।

आयोगले स्वदेश फर्कनेहरूका लागि आ-आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।

गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले कागजातविहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५