राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल « Khabarhub

राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् ।

एमालेले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा  विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए।

‘तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’, महासचिव पोखरेलले भने,
      
देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए।  

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताए। 

देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने, ‘एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि अहिले धमाधम अघि बढेका छन् ।’
      
महासचिव पोखरेलले एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उनले जनताको पक्षमा काम गर्नेमाथि भरोसा गर्न आग्रह गरे ।
      
देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेको र अहिले दुई वटा पार्टी मिलेकाले धेरै ऐनहरू अघि बढाएको हुनाले हरेकले विश्वास र भरोसा गर्न आग्रह गरे। आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदैछन् भन्ने भ्रमलाई चिरेको भन्दै देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्ने भनाइ उनले राखे ।

महासचिव पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएका र श्रम गर्नसक्ने लाखौँ लाख युवा नेपालमा भएको उल्लेख गर्दै भने, ‘कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकांक्षा पूरा गर्न अघि बढ्नुपर्छ ।’
      
उनले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकाले जनतासामु घुँडा टेकेको दिन भएको र त्यसैले यो दिनको विशेष महत्व भएको उल्लेख गरे।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ५८ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि