विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा « Khabarhub

विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले अघिसारेका मागलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए । 

त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ । 

नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए ।  

त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामती विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रूपमा भूमिका निर्वाह गरी छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ४३ बजे

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा