ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही « Khabarhub

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१ मङ्सिरको भएको खुलेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै उक्त भिडियो २०८१ मंसिर २३ गतेको भएको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दीपक गिरीका अनुसार उक्त घटना सुन्धाराको आकाशे पुलमुनि भएको हो ।

उक्त कुटपिटको घटनामा संलग्न चारजना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता गिरीले जानकारी दिएका छन् ।

‘सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गिरीले भनेका छन्, ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना सुन्धारा आकाशे पुलमुनि भएको खुलेको छ ।’

ट्राफिक प्रहरी महाशाखाले उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा तानिएको छ । उनीहरूमाथि आवश्यक छानबिन र अनुसन्धान भइरहेको गिरीले बताएका छन् ।

उक्त भिडियो बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । कुटपिटपछि कागजपत्र भुईँमै फ्याँकेर एकजना ट्राफिक प्रहरी हिँडेको भिडियोमा देखिएपछि आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : ३८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित