सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए « Khabarhub

सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ ।

गृह मन्त्रालयले बिहीबार ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दै सरुवा सूची निकालेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा सरुवा गरिएका छन् ।

डीआईजी कृष्ण ढकाल मधेश प्रदेशको छिन्नमस्ता बाहिनी, अञ्जनी पोखरेल बागमती प्रदेशको गढीमाई बाहिनी, दीपेन्द्र शाह गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनी र दीपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् ।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा भएनन् । सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन् ।

यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा लगिएको छ । छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।

अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा धौवजीले पाउने छन् । गढीमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभाग, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत र विन्दाबासिनी बाहिनीबाट प्रदीपपाल वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ । वैद्यनाथ बाहिनीका दीपक अधिकारी मानवस्रोतमा सरुवा भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ४८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल