जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार « Khabarhub

जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न भनिएकाहरूको स्केच सार्वजनिक गरिएको छ। जसको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ ।

स्केच जारी गर्दै प्रहरीले उनीहरुको बारेमा सुचना दिनेलाई २० लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । प्रहरीले भनेको छ, “उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख भारु पुरस्कार दिइनेछ ।”

सुरक्षा एजेन्सीका अनुसार यो आक्रमणका ‘मास्टर माइण्ड’ लश्कर– ए– तैयबाका सहप्रमुख सैफुल्लाह खालिद रहेको उल्लेख गरिएको छ ।

मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान जाँदा २० भन्दा बढी घाइते भएका छन् । स्थानीय बेसरन उपत्यकामा खचाखच पर्यटक रमाइरहेका बेला आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लश्कर ए तैयबाले जिम्मेवारी लिएको उक्त आक्रमणमा मृत्यु हुनेहरूमा एकजना नेपाली युवा सुदीप न्यौपाने पनि छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाका हुन्।

आक्रमणमा यूएईका एकजना मारिएका छन् । स्थानीयबासी दुईसहित भारतकै उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक पनि मारिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ११ : ०४ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल