एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू « Khabarhub

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ११ औँ जिल्ला अधिवेशनले दुर्गा लिम्बूलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको छ । जिल्ला उपाध्यक्षमा रामचन्द्र पोमु, महिला उपाध्यक्षमा देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने चुनिएका छन् । 

शुक्रबार सम्पन्न अधिवेशनले लिम्बूको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति निर्विरोध गठन गरिएको हो । जिल्ला अधिवेशनको उद्‌घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए । 

त्यस अवसरमा केन्द्रीय सचिव बलदेव चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्का, विभिन्न पालिका र जिल्ला स्तरका पार्टीका कार्यकर्ता, अन्य दलका प्रतिनिधिको उपस्थिति थियो । सचिव न्यौपानेका अनुसार अधिवेशनमा जिल्लाका ६१ वटै वडाका २५० जना प्रतिनिधि सहभागी थिए ।

रासस

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १२ : २५ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का