साताको कार्टुन : नोट र भोटमा हस्ताक्षर जुधेपछि रन्थनिएका गभर्नर « Khabarhub

साताको कार्टुन : नोट र भोटमा हस्ताक्षर जुधेपछि रन्थनिएका गभर्नर


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाली काङ्ग्रेसको कोटाबाट डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैङ्कमा १८औँ गभर्नर नियुक्त भएको आज (शनिबार) पाँच दिन भयो । जेठ ६ गते नियुक्ति पाएका उनले ७ गते नै प्रधानन्यायाधीशबाट सपथ खाएर राष्ट्र बैङ्कको नेतृत्व सम्हाले ।

नवनियुक्त गभर्नर पौडेलले कार्यभार सम्हालेकै दिन नयाँ नोट छाप्नेगरी पहिलो निर्णय गरे । ५० र १००० रुपैयाँ दरका नोट छाप्न पौडेलले निर्णय गरेका हुन्‌ ।

सबैलाई थाहै छ – ‘बैंक नोट’ अर्थात्‌ चलनचल्तीको कागजी नोटमा गभर्नरको हस्ताक्षर हुन्छ । आम नागरिकले गभर्नरलाई ‘पैसामा हस्ताक्षर गर्ने व्यक्ति’का रूपमा हेर्छन्‌ ।

पौडेलले पनि गभर्नर नियुक्त हुने चर्चा चल्नासाथ केही सञ्चारमाध्यमलाई नयाँ नोटमा रहने आफ्नो हस्ताक्षर उपलब्ध गराइसकेका थिए । विवादास्पद नियुक्ति प्रक्रिया र पृष्ठभूमिबाट गभर्नर बनेका उनै पौडेलले आफ्नो कीर्ति राखिहाल्न नोट छाप्न हतारो गरेका छन्‌ ।

नयाँ नोटमा सही गर्ने हतारोमा रहेका गभर्नर एकपछि अर्को दस्तखत गर्दैछन्‌, तर दुरुस्तै बनाउन सकिरहेका छैनन् ।

२०७९ मा नेपाली काङ्ग्रेसबाट टिकट लिएर उम्मेदवार बन्दा पनि उनले हस्ताक्षर बुझाएकै थिए । हाल गभर्नर नियुक्त भएपछि त उनको हस्ताक्षरको महत्व झनै बढ्ने भैहाल्यो ।

स्वायत्त भनिएको केन्द्रीय बैङ्कको नेतृत्व सम्हाल्न आइपुगेका गभर्नरलाई राजनीतिक हस्तक्षेपमुक्त भएर काम गर्न दबाब परेको छ । गभर्नर पनि त्यसै गर्ने प्रयासमा छन्‌, तर गभर्नरमात्रै भएर काम गर्न उनलाई चुनौती छ, कार्टुनको व्यङ्ग्य यसैमाथि हो ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु