गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला  « Khabarhub

गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गृह नगर विराटनगरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।   

‘सबभन्दा इम्पोटेन्ट (महत्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त,’ नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ नेता कोइरालाले भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सच-सहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : २१ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय