युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस « Khabarhub

 युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ ।

रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरे। उनले पछिल्लो समयमा युक्रेनले गरेको निरन्तर ड्रोन आक्रमणका कारण रूसको हवाई यातायात प्रभावित भएको पनि जनाए।

लावरोभले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएका शान्ति प्रयासहरूलाई युरोपेली मुलुकहरूले असफल बनाउन युक्रेनलाई उक्साएको आरोप लगाउँदै रूस सँधै वार्ताका लागि खुला रहेको र शान्तिपूर्ण समाधानमा पूर्ण रूपमा समर्पित रहेको बताए।

हाल सम्झौताको दोस्रो चरणमा काम भइरहेको जानकारी दिँदै लावरोभले मस्यौदा विश्वसनीय र दीर्घकालीन शान्तिका लागि आवश्यक सर्तहरूको रूपरेखा भएको उल्लेख गरे । कैदीहरूको आदानप्रदान पूरा भएपछि रूसले मस्यौदा युक्रेनमा पठाई थप छलफलका लागि तयार रहेको उनले स्पष्ट पारे।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  २ : ०७ बजे

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो