जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित | Khabarhub Khabarhub

जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुन्दरी  र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । 

गाउँपालिका भित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाहरूले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।

 चालु आर्थिक वर्षमा हालसम्म सबैले पूर्णखोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाले जानकारी दिए।

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित भएपछि पातारासी गाउँपालिकालाई घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले जानकारी दिए। 

पातारासीका पाँच वर्ष मुनिका ५२७ बालबालिका छन् । जसमा ०–१५ महिनासम्म २१९ र १६ देखि ५९ महिनासम्मका जम्मा ३०८ बालबालिकाले पूरा खोप पाइसकेको गाउँपालिकाले जनाएको छ । 

खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमैले बताए। बाँकी स्थानीय तह पनि पूर्णखोप सुनिश्चितता घोषणामा जुटेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । 

पूर्णखोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ । 
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  २ : २४ बजे

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले