नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा « Khabarhub

नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरूले गरेका योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् । 

उनले नेताहरूले छाडेर गएका बाँकी कामहरूलाई सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताए ।

राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उनले बताए । गुरुङले राजनीतिक यात्राका क्रममा कांग्रेस सभापतिले पनि धेरै उतारचढाव खेप्नुपरेको भन्दै पाँच पटक प्रधानमन्त्री बन्यो भनेर रिस गर्न नहुने धारणा राखे ।

त्यस्तै कांग्रेस नेताहरूले मुलुकलाई अघि बढाउनका लागि अग्रज नेताहरूले गरेको योगदानलाई स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  २ : ४४ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय