किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान « Khabarhub

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन् । उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदान भइरहेको बेला भएको अधिकारीहरूले जनाएका छन् । 

किएभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताएअनुसार आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति र्पुयाएको छ । शहरका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, रूसी सेनाले युक्रेनले मंगलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।

गत हप्ताको इस्तानबुल वार्तामा भएको सहमतिअनुसार रूस र युक्रेनले कैदीहरूको आदान–प्रदानको पहिलो चरण केही घण्टाअघि सम्पन्न गरेका थिए । दुवै पक्षले ३९० जना कैदीहरू फर्काएका छन् र कुल एक हजार कैदी आदान–प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रूसले युक्रेनलाई तीन दिनभित्र शान्ति सम्झौताको सर्तहरू प्रस्तुत गर्ने तयारी गरिरहेको समेत जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ०१ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि