दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान « Khabarhub

दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ अन्तर्गतको मुख्य ग्रामीण सडक गोपि-जोरमाने खण्डमा थप एक किलोमटर सडक ढलान कार्यसम्पन्न भएको छ। 

गाउँपालिकाले चालु आर्थिक वर्ष सडक पूर्वाधार विकास अन्तर्गतको दुई करोड समपूरक अनुदान मार्फत उक्त सडकको ठेक्का मार्फत एक किलोमीटर ढलान सडक निर्माण गरेको वैतेश्वर गाउँपालिका प्राविधिक प्रमुख विस्वास घिमिरेले जानकारी दिए।

सडक निर्माण कम्पनी जयगोरख दुर्गे निर्माण सेवाले ठेक्का मार्फत एक किलोमीटर सडक ढलान सम्पन्न गरेको हो। उक्त निर्माण सेवाले अन्य सडक संरचना ग्यावेन वाल र मेसिनरी वाल पनि निर्माण गरेको जनाएको छ। 

पालिकाले वार्षिक बजेट मार्फत ५ वर्षको अवधिमा गोपि जोरमाने सडक खण्डमा हालसम्म करिब  ७ किलोमीटर ढलान तथा कालोपत्रे सम्पन्न गरिसकेको जनाएको छ।

यस्तै सोही निर्माण सेवा जयगोरख दुर्गे निर्माण सेवाले वडा नम्बर-२ र ३ को मुख्य सडक खण्डमा थप ८ सय मिटर सडक ढलान गर्ने तयारी थालेको छ। बुस्ती पुतलीकाठ- मिर्गे खण्डको थुम्कि भीर क्षेत्रमा ढलान गर्न लागिएको हो। निर्माण सेवाले ग्यावेयन, मेसिनरी र नालाको काम सकेर ढलान सुरु गर्न लागेको निर्माण कम्पनीले जनाएको छ। एक मौसमले साथ दिए बुस्ती-पुतलीकाठ खण्डको पनि  साता भित्र ढलान सक्ने निर्माण कम्पनी जनाएको छ। गाउँपालिका उक्त सडकको पनि बागमती प्रदेश सरकार र पालिकाको ५०-५० प्रतिशत  समपूरक अनुदानमा उक्त सडक ढलान गर्न लागिएको हो।

यता पालिकाले चालु वर्ष वितरण गरेका योजना तथा कार्यक्रम पनि धमाधम निर्माण सम्पन्न भइरहेका छ। पालिकाले वितरण गरेका दुई सय १८ योजना मध्य ९५ प्रतिशत योजनाको काम सम्पन्न भएको वैतेश्वरका योजना शाखा प्रमुख वासुदेव दहालले जानकारी दिए।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ४ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै