साँगे सभ्यताबारे पुस्तक ‘साँगे दर्पण’ सार्वजनिक « Khabarhub

साँगे सभ्यताबारे पुस्तक ‘साँगे दर्पण’ सार्वजनिक


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ नामक पुस्तक आज लोकार्पण गरिएको छ । काठमाडौँको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको सभाहलमा सो अभियानका अभियन्ताहरूले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिकाभित्र पर्ने साँगे उपत्यकाका बासिन्दाको पहलमा गठन भएको अभियानले स्थानीय सभ्यता, संस्कृति, परम्परा र समकालीन सामाजिक रूपान्तरणलाई दस्तावेजीकरण गर्न पुस्तक प्रकाशित गरेको हो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे दर्पण पुस्तकमा उपत्यकाको मौलिक पहिचान, भाषा, जीवनशैली, संस्कार, संस्कृतिका विविध आयाम तथा विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको रूपान्तरण प्रक्रियासम्बन्धी विभिन्न लेख, रचना र अध्ययन समावेश गरिएको जानकारी दिए ।

कार्यक्रममा साहित्य, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । साथै अभियानमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । यस पुस्तकले साँगे उपत्यकाको गहिरो सांस्कृतिक चेतना र इतिहासलाई भावीपुस्ताका लागि संरक्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ४ : ४५ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला