डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर  « Khabarhub

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो  डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका- १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ ।

 सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानियहरु बिच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको सङ्ख्यामा रहेकाहरूबीच झडप भएको हो ।

 स्थितिलाई नियन्त्रणमा लिनको लागि  सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको  सुरक्षा फौजले  एसएलआर  बाट २ राउण्ड हवाई फायर गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ०२ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न