हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै « Khabarhub

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्न तीन सदस्यीय विज्ञ टोली काँजी हिमाल जाने भएको छ।  

गत जेठ १ गते हिमताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्यतत्थ्य पत्ता लगाउन विज्ञ टोली हुम्ला पुगेको हो । ‍ टोली आइतबार हिमपहिरो गएको स्थानतर्फ जाने नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए । सदरमुकाम सिमकोटबाट दुई दिन लगाएर तीन सदस्यीय टोली लिमी पुगेको हो ।

टोलीमा राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू-गर्भ विभागका सीडीई शिवप्रसाद बाँस्कोटा र हाईड्रोलाजिस्ट इन्जिनियर सौहार्द जोशी रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

‘टोली तील गाउँ पुगेको छ । अब पाँच हजार तीन सय मिटर उचाइको काँजी हिमालमा पुग्नेछ,’ उनले भने, ‘दुई जना स्थानीय व्यक्ति पनि जाने छन् ।’

टोली बिहीबार सदरमुकाम सिमकोट पुगेर लिमीतर्फ लागेको थियो । टोलीले गाउँको अध्ययन गरेर आइतबार काँजी हिमाल जाने योजना बनाएको हो ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : २४ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय