गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी « Khabarhub

गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन् । 

गणतन्त्र दिवस–२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए । 

अध्यक्ष केसीले भने, ‘त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।’
 
नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न परिवर्तन पक्षधर नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

 उनले भने, ‘प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्न सङ्घर्षलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।’
 
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए।
       
वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरूबीचको गहिरो खाडललाई साँघुर्‍याउँदै लैजानुपर्ने बताए। विश्लेषक झलक सुवेदीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भए पनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले आशातित सफलता पाउन नसकेको जिकिर गरे ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ३३ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि