लेखक बन्नभन्दा पहिले राम्रो पाठक हुनुपर्छ : शिक्षामन्त्री पन्त | Khabarhub Khabarhub

लेखक बन्नभन्दा पहिले राम्रो पाठक हुनुपर्छ : शिक्षामन्त्री पन्त


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताएका छन् ।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को विमोचन गर्दै उनले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताए। लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्यकार सफल हुन नसक्ने मन्त्री पन्तको भनाइ थियो । 

समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताए। उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताए।

मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका थिए । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् ।
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ३० बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र