'सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एक हुनुपर्छ' | Khabarhub Khabarhub

‘सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एक हुनुपर्छ’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न संकट उत्पन्न भएको बताएका छन्। 

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ८ कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट पार्टीले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीलाई सच्याएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।

सम्मानित नेता खनालले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै आफ्नो पार्टीका तर्फबाट नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उल्लेख गरे। उनले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्था विकास गर्नुपर्नेमा जोड दिए ।
 
साङ्गठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले साङ्गठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ४७ बजे

३३ वर्षमा पनि पूरा भएन दमक–चिसोपानी सडक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस् : विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०