भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण | Khabarhub Khabarhub

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । तीन जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलङ्गामा श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको हो । 

गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्रालाई छात्रवृत्ति वितरण गर्दै आइएको बताउँदै फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले आगामी कक्षा १० सम्म अध्ययन गर्ने छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने जानकारी दिए । 

‘कक्षा १ देखि १० सम्मका १६ जना छात्रालाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गर्दै आएका छौँ’, उनले भने, ‘यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।’

अध्यक्ष कटुवालका अनुसार फाउन्डेसनले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई-दुईजना छात्रालाई जनही १० हजारका दरले स्टेसनरी, स्कुल पोसाक, झोलालगायत सामग्री वितरण गर्दै आइरहेको छ । भेरी नगरपालिकाका आमा-बुवा नभएका, विपन्न परिवारका चार जना छात्रालाई पनि छात्रवृत्ति उपलब्ध गराइने उहाँले जानकारी दिए ।

उनले साङ्गीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाका छात्रालाई वितरण सुरु गरिएको छात्रवृत्ति आगामी दिनमा कर्णालीका १० वटै जिल्लामा पुर्‍याउने बताए। 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ०२ बजे

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल