भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण « Khabarhub

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । तीन जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलङ्गामा श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको हो । 

गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्रालाई छात्रवृत्ति वितरण गर्दै आइएको बताउँदै फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले आगामी कक्षा १० सम्म अध्ययन गर्ने छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने जानकारी दिए । 

‘कक्षा १ देखि १० सम्मका १६ जना छात्रालाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गर्दै आएका छौँ’, उनले भने, ‘यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।’

अध्यक्ष कटुवालका अनुसार फाउन्डेसनले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई-दुईजना छात्रालाई जनही १० हजारका दरले स्टेसनरी, स्कुल पोसाक, झोलालगायत सामग्री वितरण गर्दै आइरहेको छ । भेरी नगरपालिकाका आमा-बुवा नभएका, विपन्न परिवारका चार जना छात्रालाई पनि छात्रवृत्ति उपलब्ध गराइने उहाँले जानकारी दिए ।

उनले साङ्गीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाका छात्रालाई वितरण सुरु गरिएको छात्रवृत्ति आगामी दिनमा कर्णालीका १० वटै जिल्लामा पुर्‍याउने बताए। 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ०२ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय