एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न « Khabarhub

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न भएका छन् ।

धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै पार्टी सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए ।

निर्वाचन आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।

ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ३४ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि